२०८३ भाद्र २६ शुक्रबार

संशोधन प्रस्ताव पास हुँदैन – अध्यक्ष ओली

ई आर्थिक    सोमबार, पौस ११ २०७३
7K
Shares
संशोधन प्रस्ताव पास हुँदैन – अध्यक्ष ओली

 

बागलुङ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) बागलुङको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने जिकिर गर्नुभयो । देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो एमालेलाई मान्य नहुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो – “संविधान संशोधन अहिलेको आवश्यकता होइन ।” उहाँले ५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको प्रस्तावले नेपालीलाई विभाजन गर्ने पनि बताउनुभयो ।

मुलुकलाई यथाशक्य छिटो निर्वाचनमा लानुपर्ने भन्दै उहाँले संविधान संशोधनसँग निर्वाचनको कुनै सम्बन्ध नभएको तर्क गर्नुभयो । “निर्वाचन मुलुकको अहिलेको आवश्यकता हो, निर्वाचन गर्न संविधानले छेकेको छैन”, अध्यक्ष ओलीले भन्नुभयो – “रुपान्तरित व्यवस्थापिका–संसद्को काम निर्वाचनसम्बन्धी कानुन बनाउने हो, संविधान संशोधन गर्ने होइन ।”

अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको बाटोबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताउँदै सबै नेपाली राष्ट्र निर्माणमा एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij