२०८३ भाद्र २६ शुक्रबार

राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न दिँदैनौँ – अध्यक्ष थापा

ई आर्थिक    सोमबार, पौस ११ २०७३
7.7K
Shares
राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न दिँदैनौँ – अध्यक्ष थापा

 

सुरुङ्गा (झापा)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गर्नुभएको छ ।

विद्यमान अवस्थामा विखण्डनकारीबाट देश टुक्र्याउने डरलाग्दो खतरा बढेको बताउँदै राप्रपा अध्यक्ष थापाले देश विद्यमान अवस्थामा भुसको आगोमाथि उभिएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा आज आयोजना गरेको बृहत् हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण्ण राख्नु दुई पार्टी एक भएको उल्लेख गर्नुभयो ।

उहाँले ठूला दलले नेपाली जनताको अभिमतबिना नै धर्म निरपेक्षता जबर्जस्ती लादिएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापना गर्ने उद्घोषका साथ पार्टी एकीकरण भएको बताउनुभयो । उहाँले नेपालीको एकता खल्बलिन नदिन पनि मुलुक हिन्दू राष्ट्र कायम गरेरै छाड्ने दाबी गर्नुभयो ।

अध्यक्ष थापाले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारसँग मागसमेत गर्नुभयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले झापा राप्रपाको किल्ला भएको बताउँदै हिन्दू राष्ट्र निर्माणमा यहाँका जनताले साथ र सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij