२०८३ असोज ७ बुधबार

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा शपथ ग्रहण

ई आर्थिक    बुधबार, असोज ७ २०८३
627
Shares
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् ।

शपथ समारोहमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न र मन्त्रालयका निकायहरूसँग उच्च समन्वय राख्न निर्देशन दिए ।

साथै, भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायममुकायम कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले गरेको सफल कार्यसम्पादनको प्रशंसा गर्दै मन्त्रीले धन्यवाद व्यक्त गरे ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij