२०८३ असोज ७ बुधबार

सर्वोच्चद्वारा रेशम चौधरीलाई दिएको माफी मिनाहा सदर

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
798
Shares
सर्वोच्चद्वारा रेशम चौधरीलाई दिएको माफी मिनाहा सदर

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफीविरुद्ध परेको रिट खारेज गरेको हो।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले २०८० जेठ १६ गते माफी निर्णय बदरको माग गर्दै रिट दायर गरेकी थिइन्।

चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले जन्मकैद सुनाएको थियो। गणतन्त्र दिवसका अवसरमा २०८० जेठ १५ गते राष्ट्रपति पौडेलले उनको बाँकी कैद सजाय माफी गरेका थिए।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij