काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसंग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो।
छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ ।