२०८३ असोज ५ सोमबार

दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली बाहिरिए वैदेशिक रोजगारीमा

ई आर्थिक    आइतबार, असोज ४ २०८३
304
Shares
दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली बाहिरिए  वैदेशिक रोजगारीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४४३ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी उक्त संख्यामा नेपाली युवा रोजगारीका लागि विभिन्न मुलुक पुगेका हुन्।

तर, यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कम हो। गत आवको साउन र भदौमा १ लाख ३६ हजार ८२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए। यस वर्षको पहिलो दुई महिनामा विदेश जानेको संख्या गत वर्षको तुलनामा ५ हजार ६३९ जनाले घटेको हो।

चालु आवको साउनमा मात्रै ७० हजार ४४१ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत आवको साउनमा यस्तो संख्या ६८ हजार ११० थियो। यस हिसाबले साउनमा भने विदेश जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २ हजार ३३१ जनाले बढेको देखिन्छ।

तर भदौमा भने वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। विभागका अनुसार भदौमा ६० हजार २ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्। गत आवको भदौमा भने ६७ हजार ९७२ जना विदेश गएका थिए।

यसरी साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि भदौमा आएको कमीका कारण चालु आवको पहिलो दुई महिनाको समग्र संख्या अघिल्लो वर्षको सोही अवधिभन्दा कम भएको हो।

विभागको तथ्यांकअनुसार पछिल्लो दुई महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको मासिक संख्या भने ६० हजारभन्दा माथि रहेको छ। वैदेशिक रोजगारी नेपाली श्रम बजारको महत्वपूर्ण हिस्सा रहँदै आएको अवस्थामा चालु आवको सुरुआती महिनाको तथ्यांकमा भने अघिल्लो वर्षको तुलनामा कमी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij