काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा सुरु भएको छ।
पार्टी सभापति रवि लामिछानेको आह्वानमा सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने रास्वपाले जनाएको छ।
बैठकमा पार्टीको संगठनात्मक अवस्थाका साथै पछिल्लो राजनीतिक परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ। यस्तै, पार्टीका आगामी कार्यक्रम तथा गतिविधिका सम्बन्धमा समेत आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।
बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।