२०८३ भाद्र ३० मंगलबार

अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा होइन, समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्छ : महासचिव पोखरेल

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
133
Shares
अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा होइन, समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा नभइ समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले यस्तो बताएका हुन्। अर्थतन्त्रको सुधारसँग नजोडेसम्म पुँजी बजार सुधारको छुट्टै कार्ययोजनाको कुनै अर्थ नहुने उनको भनाइ छ।

‘लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पूँजी बजारमा सुधार असम्भव छ,’ उनले भनेका छन्, ‘पुँजी बजार सुधारको छुट्टै कार्ययोजनाको तबसम्म कुनै अर्थ हुँदैन, जबसम्म यसलाई समग्र अर्थतन्त्रको सुधारसँग जोडिँदैन।’

महासचिव पोखरेलले लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पुँजी बजारमा सुधार सम्भव नरहेको बताए। समग्र अर्थतन्त्र चलायमान नभइ पुँजी बजार उकालो लाग्न नसक्ने उनको जिकिर छ।

‘देशका अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा होइन, समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘समग्र अर्थतन्त्र चलायमान नभई पूँजी बजार उकालो लाग्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij