२०८३ साउन ३१ आइतबार

सुनप्रतितोला ३ हजार ६ सय रुपैयाँले बढ्यो

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
608
Shares
सुनप्रतितोला ३ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको भाउ एकैदिन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार दुई कारोबार दिनबीच सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij