२०८३ साउन ३१ आइतबार

गोरखामा मतदाताका गुनासा सुन्दै गृहमन्त्री गुरुङ, सडक–मल–खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
608
Shares
गोरखामा मतदाताका गुनासा सुन्दै गृहमन्त्री गुरुङ, सडक–मल–खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त

गोरखा । गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाउनुभएको छ।

गोरखाको सहिद लखन गाउँपालिका पुगेर मन्त्री गुरुङले स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका गुनासा तथा समस्या सुन्नुभएको हो।

भेटका क्रममा स्थानीयवासीले सडक, मल तथा खानेपानीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गरिदिन आग्रह गरेका थिए।

स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले उठाइएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले सडक, मल र खानेपानीलगायतका समस्या सम्बोधन हुनेमा ढुक्क रहन आफ्ना मतदातालाई आग्रह गर्नुभयो।

मन्त्री गुरुङले स्थानीयस्तरका समस्या र जनताका आवश्यकता बुझेर सरकारका तर्फबाट आवश्यक काम अघि बढाउने प्रतिबद्धतासमेत जनाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij