२०८३ साउन २८ बिहिबार

छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु, २ अर्ब रूपैयाँ लागत

ई आर्थिक    बिहिबार, साउन २८ २०८३
627
Shares
छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु, २ अर्ब रूपैयाँ लागत

मुस्ताङ । छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाले २८ करोड ८७ लाख रूपैयाँमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो।

विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए।

आयोजनाले जोमसोम-कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। उक्त खण्डको लागत २ अर्ब रूपैयाँ रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij