२०८३ साउन २२ शुक्रबार

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
95
Shares
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार राति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा पोष्ट (बीओपी) तातोपानीमा भौतिक क्षति पुगेको छ।

प्राप्त जानकारीअनुसार राति १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुंगाहरू आपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको, दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानामा ६ वटा प्वाल परेको छ। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको र अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।

यसैगरी, सीमा अधिकृतको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुंगा लागेर प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको तथा मुख्य गेटअगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

घटनापछि क्षतिको विवरण संकलन गर्ने तथा आवश्यक मर्मत एवं सुरक्षाका थप उपाय अवलम्बन गर्ने कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij