२०८३ साउन १३ बुधबार

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

ई आर्थिक    बुधबार, साउन १३ २०८३
95
Shares
१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको अवैध हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-८ राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रूपैयाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij