२०८३ भाद्र २६ शुक्रबार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

ई आर्थिक    बिहिबार, असार ४ २०८३
1.4K
Shares
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चार दिने भ्रमणका लागि बेइजिङ पुगेका थिए। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

त्यसैगरी, मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङ सँग पनि शिष्टाचार भेट तथा छलफल गरेका थिए।

भेटवार्ताका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य, क्षेत्रीय सहयोगका विषय तथा आपसी हितका विविध मुद्दामा विचार आदानप्रदान भएको बताइएको छ।

चार दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनालको भ्रमणले नेपाल र चीनबीचको मित्रवत सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij