काठमाडौँ । संघीय संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दलका नेताहरूको मागपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए। विपक्षी सांसदहरूले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए।
अवरोधका बीच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षी दलहरू सहमत नभएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
संसद् बैठक स्थगित भएसँगै नीति तथा कार्यक्रममाथिको छलफल पनि प्रभावित बनेको छ।