२०८३ साउन ९ शनिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू

ई आर्थिक    बुधबार, बैशाख ३० २०८३
2K
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४  निर्णयहरू

काठमाडौं।  सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य  ४ निर्णयहरू  गरेको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय गरिएको छ।

बैठकले भूमि सम्बन्धी (एक्काईसौं संशोधन) नियमहरू, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता तिमिल्सिनाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij