२०८३ भाद्र २८ आइतबार

विधान संशोधन बहसपत्र तयारी तीव्र, सरोकारवालासँग छलफल

ई आर्थिक    मंगलबार, बैशाख १५ २०८३
1.5K
Shares
विधान संशोधन बहसपत्र तयारी तीव्र, सरोकारवालासँग छलफल

काठमाडौं ।  सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनसम्बन्धी औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल गरेको छ।

कार्यदलले यसअघि हिजो संविधानविद्हरूसँग पनि छलफल गरेको थियो। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन गरिएको उक्त कार्यदलले वैशाख १० गतेको बैठकको निर्णयअनुसार परामर्श प्रक्रिया अघि बढाएको हो।

कार्यदलले सरोकारवाला पक्षहरूसँग भइरहेको छलफलबाट प्राप्त सुझावहरू संकलन गरी संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गर्ने र सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij