२०८३ भाद्र २८ आइतबार

सरकारको सिफारिसमा संघीय संसद् अधिवेशन स्थगित

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
1.5K
Shares
सरकारको सिफारिसमा संघीय संसद् अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को अधिवेशन स्थगित गरेका छन्।

यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको अधिवेशन सरकारको सिफारिसपछि स्थगित गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्ले विशेष कारण उल्लेख गर्दै अधिवेशन रोक्न आग्रह गरेको थियो।

सरकारले वैशाख १० गते राष्ट्रपतिको कार्यालयमा अधिवेशन स्थगनसम्बन्धी पत्र पठाएको थियो। उक्त पत्रमा अधिवेशन पुनः कहिले बोलाउने भन्ने मिति भने खुलाइएको छैन।

यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij