५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुँदै
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन कमलादीस्थित प्रज्ञा भवन मा आयोजना गरिएको छ।
अध्यक्ष पदका लागि कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा बीच प्रतिस्पर्धा हुँदैछ। दुवै उम्मेदवार आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ ले उम्मेदवारी दिएका छन्।
त्यस्तै पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम उम्मेदवार रहेका छन्।
यसैबीच प्रमोद लामिछाने ले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ।