२०८३ भाद्र ३० मंगलबार

प्रधानमन्त्री शाहले लिए कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग ब्रिफिङ

ई आर्थिक    सोमबार, चैत्र १६ २०८२
874
Shares
प्रधानमन्त्री शाहले लिए कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग ब्रिफिङ

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले संघीय सांसदहरूसँग चरणबद्ध छलफलको प्रक्रिया सुरु गरेका छन्। उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग भेटघाट गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीका अनुसार, प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या, मुद्दा तथा सम्भावित कार्यक्षेत्रका बारेमा सांसदहरूसँग ‘ब्रिफिङ’ लिएका छन्।

सांसद चौधरीले जानकारी दिए अनुसार, प्रत्येक सांसदले आफ्ना क्षेत्रगत समस्याहरू प्रस्तुत गरेका छन्। उनले आफूले ट्रेड युनियनहरूले उठाइरहेका लेबी शुल्क रोक्न श्रम ऐन, २०७४ को दफा ३८ (ज) मा संशोधन गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएको बताए।

प्रधानमन्त्री शाहले तत्काल गर्न सकिने कामका विषयमा समेत जानकारी लिएका छन् र आगामी समयमा क्षेत्रीय विकास र समस्या समाधानमा कदम चाल्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij