२०८३ भाद्र २९ सोमबार

यस्ता छन् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०८२
1.3K
Shares
यस्ता छन् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो बैठक बसेको छ ।  सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो ।

आजै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बालेन शाहको अध्यक्षतामा बसेको बैठकले चार महत्त्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा विगतका विभिन्न आन्दोलनहरूमा ज्यान गुमाएका ज्ञात तथा अज्ञात सबै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलाई दिने निर्णय गरिएको छ। साथै, शासकीय सुधारका लागि तयार गरिएको सय बुँदे कार्यसूची पनि स्वीकृत गरिएको छ, जसलाई छिट्टै सार्वजनिक गरिने बताइएको छ।

यस्तै, भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ। आयोगले दिएका सिफारिसमध्ये सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययन गर्न समिति गठन गरिनेछ भने अन्य सिफारिसहरू तत्काल लागू गरिने जनाइएको छ।

सरकारले यस निर्णयमार्फत सुशासन र उत्तरदायित्वलाई प्राथमिकता दिने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij