काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार भने सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ सय रुपैयाँले ओरालो लाग्दै ४ हजार ८ सय २० रुपैयाँमा झरेको छ, जबकि बुधबार यसको मूल्य ४ हजार ९ सय २० रुपैयाँ रहेको थियो।
यसअघि नेपाली बजारमा सुनले गत माघ १५ गते हालसम्मकै उच्च मूल्य कायम गरेको थियो, जहाँ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। सोही दिन चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँसम्म पुगेको थियो।
हालको गिरावटलाई अन्तर्राष्ट्रिय बजारको प्रभावसँग जोडेर हेरिएको छ।