२०८३ साउन ९ शनिबार

बालुवा झिक्दै गरेका स्काभेटर प्रहरीद्वारा नियन्त्रित

ई आर्थिक    शुक्रबार, साउन २० २०७४
2.4K
Shares
बालुवा झिक्दै गरेका स्काभेटर प्रहरीद्वारा नियन्त्रित

२० साउन , त्रिशूली(नुवाकोट) । अवैध रुपमा जिल्लामा विभिन्न खोलाबाट बालुवा झिक्दै गरेका स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गए राति त्रिशूली र तादी नदीबाट बालुवा चोरी निकासी गर्नका लागि उत्खननमा प्रयोग भएको स्काभेटरको ब्याट्री निकालेर ल्याएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । प्रहरीका अनुसार त्रिशूली नदीमा विदुर नगरपालिका वडा नं ६ बुनिबेंसी र बेलकोटगढी नगरपालिकाको रातमाटेबाट तीन र तादीको मालाकोट क्षेत्रबाट दुई स्काभेटर नियन्त्रणमा लिइएको हो ।

यस वर्ष असार लागेपछि प्रहरीले नदी र खोलाबाट बालुवा झिकिरहेका सात जनालाई पक्राउ गरि मुद्दासमेत चलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij