काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन्।
राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि केसीले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै सचिवालयमा कार्यभार सुरु गरेका हुन्।
सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने जिम्मेवारी समेत ज्येष्ठ सदस्यकै हुने प्रावधानअनुसार केसीले अब संसद् बैठकको अध्यक्षता गर्नेछन्। साथै, उनले चाँडै नै प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई शपथ गराउने कार्यक्रम पनि रहेको छ।
नवनियुक्त ज्येष्ठ सदस्यको रूपमा केसीले संसद् सञ्चालन प्रक्रियालाई अगाडि बढाउने प्रारम्भिक जिम्मेवारी सम्हालेका छन्।