२०८३ भाद्र २९ सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक चैत १२ मा, संसदीय दलको नेताबारे छलफल हुने

ई आर्थिक    मंगलबार, चैत्र १० २०८२
1.4K
Shares
रास्वपाको केन्द्रीय समिति बैठक चैत १२ मा, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक चैत १२ गते बस्ने भएको छ।

पार्टीका अनुसार सभापतिको निर्देशनअनुसार बैठक सोही दिन दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आयोजना हुनेछ।

बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकको मुख्य कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय रहने जनाइएको छ। साथै, विविध शीर्षकअन्तर्गत अन्य समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल गरिने पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij