२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, फाल्गुन २८ २०८२
1.2K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँ र चाँदी २०५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा किनबेच भएको थियो भने चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ पुगेको थियो।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको थियो भने चाँदी ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ भने आज सुन प्रतिऔँस करिब ५ हजार २ सय १० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाली बजारमा सुनले यसअघि माघ १५ मा हालसम्मकै उच्च मूल्य छोएको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको उच्च मूल्य पनि सोही दिन कायम भएको थियो, जहाँ प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij