२०८३ भाद्र २९ सोमबार

प्रतिनिधि सभा समानुपातिक तर्फ १ करोड ७ लाख ८९ हजार मतगणना : राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, काँग्रेस दोस्रो स्थानमा

ई आर्थिक    बुधबार, फाल्गुन २७ २०८२
1.4K
Shares
प्रतिनिधि सभा समानुपातिक तर्फ १ करोड ७ लाख ८९ हजार मतगणना : राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, काँग्रेस दोस्रो स्थानमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ । सार्वजनिक मतपरिणाम अनुसार सो पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

उपलब्ध विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ५६ हजार ४३ मत पाएको छ भने तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रहेको छ, जसले १४ लाख ५२ हजार ९३९ मत प्राप्त गरेको छ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ६४१ मत प्राप्त गरेको छ। अन्य दलहरूमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २८१, जनता समाजवादी पार्टी नेपालले १ लाख ७७ हजार ३४६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ६६ तथा जनमत पार्टीले ७९ हजार १४८ मत प्राप्त गरेका छन्।

हालसम्म गणना भएको कुल मतसंख्या १ करोड ७ लाख ८९ हजार ७८ पुगेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त मतको अनुपातका आधारमा प्रतिनिधिसभामा सिट पाउने व्यवस्था रहेको छ। अन्तिम मतपरिणामपछि सिट बाँडफाँट प्रक्रिया अघि बढ्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्।

समानुपातिक तर्फको मत गणनाबाट रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट पाएका छन् । साथै नेकपा एमालले १६ तथा नेपाली कम्युनिष्ट पार्टीले ९ सिट पाए भने  श्रम सस्कृति पार्टीले ४ सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij