२०८३ भाद्र २९ सोमबार

केपी शर्मा ओली भारी मतान्तरले पराजित, बालेन साहको ऐतिहासिक जीत, ओलीले दिए बधाई

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.7K
Shares
केपी शर्मा ओली भारी मतान्तरले पराजित, बालेन साहको ऐतिहासिक जीत, ओलीले दिए बधाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह झापा क्षेत्र नं. ५ मा भारी मतान्तरसहित विजयी भएका छन्। प्रतिस्पर्धी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो अन्तरले पराजित गर्दै साह निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले सामाजिक सञ्जालमार्फत साहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। ओलीले आफ्नो सन्देशमा लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्—हार्दिक शुभकामना।”

निर्वाचनको अन्तिम मतगणनाअनुसार साहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। यता, एमाले अध्यक्ष समेत रहेका ओली भने १८ हजार ७ सय ३४ मतमा सीमित भएका छन्।

दुवै उम्मेदवारबीच ४९ हजार ६ सय १४ मतको फराकिलो अन्तर देखिएको छ। विजयी भएपछि शाहले मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूबाट आफ्नो निर्वाचन प्रमाणपत्र समेत ग्रहण गरिसकेका छन्।

यो परिणामसँगै काठमाडौंको राजनीतिक परिदृश्यमा नयाँ सन्देश गएको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij