रुकुम पूर्व । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पूर्व–१ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता कायम राखेका छन्।
हालसम्मको मतगणनाअनुसार जम्मा १९,१८८ मत खसेको छ। प्रचण्ड (तारा) ले ६ हजार ८२० मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी, लीलामणि गौतम (सूर्य) २ हजार ७५६ मतसहित दोस्रो स्थानमा छन् भने कुसुमदेवी थापा (रुख) १ हजार ८५८ मतमा सीमित छ।
त्यसैगरी अन्य उम्मेदवारहरूको मत यस प्रकार छ: लखन कुमार थापा (घण्टी) ६५२, सन्दिप पुन (आँखा) १५३, रोशन शाह (हलो) ६९, चन्द्र प्रसाउ शाही (गिलास) २८, ज्योति रोका मगर (भाले) ४८, धर्म कुमार बुढा माहुरी ४५, जुद्ध बहादुर बुढा मगर (गुलाब) ३५ र शिर बहादुर वुढा (जातो) ३ मत पाएका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाममा केही परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।