भक्तपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राखेका छन्।
१२:४० बजे अद्यावधिक मतगणनाअनुसार खत्रीले ७ हजार २ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ५३८ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा कांग्रेसका कबीर रानाले १ हजार १५८ मत पाएका छन्। अन्य उम्मेदवारहरूको रमेश वैद्य (मादल) २२७, जितराम लामा (चीम) ७३, विक्रम थापा (हलो) २०२, रामप्रसाद सापकोटा (तारा) १६९, जीताराम लामा (माटो) १०२, र जुत्ता ८ मत ल्याएका छन् ।
मतगणना अझै जारी रहेकाले रहेको निर्वाचन अधिकृतले बताए ।