२०८३ असोज १ बिहिबार

डिप्रोक्स लघुवित्तको छात्रवृत्ति कार्यक्रमबाट १५८ जना विद्यार्थी लाभान्वित

ई आर्थिक    सोमबार, माघ २६ २०८२
2.1K
Shares
डिप्रोक्स लघुवित्तको छात्रवृत्ति कार्यक्रमबाट  १५८ जना  विद्यार्थी लाभान्वित

काठमाण्डौं । डिप्रोक्स लघुवित्तको छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १५८ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको हो ।

उक्त छात्रवृत्ति कार्यक्रममा विशेष गरी दलित तथा जनजाति समुदायका छात्राहरुलाई प्राथमिकतामा राखी शिक्षा क्षेत्रमा समान पहुँच, महिला सशक्त्तीकरण र समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ । विद्याथीहरुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै चेक वितरण प्रणाली मार्फत छात्रवृत्ति उपलव्ध गराइएको छ ।

यस कार्यक्रमबाट लाभान्वित विद्यार्थीहरुमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढेको छ भने अभिभावकहरु समेत यस पहलप्रति खुशी र सन्तुष्ट देखिएका छन् ।

शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले समुदायस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै डिप्रोक्स लघुवित्त प्रति विश्वास र सद्धभाव थप बलियो बनेको छ । डिप्रोक्सले भविष्यमा पनि शिक्षा, सामाजिक सशक्त्तीकरण र दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरु निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij