२०८३ साउन १२ मंगलबार

वीरगञ्ज नाकाबाट ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो

ई आर्थिक    आइतबार, माघ १८ २०८२
2.2K
Shares
वीरगञ्ज नाकाबाट ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो

पर्सा। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको सात थरीका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको दलहन खाद्यान्न भित्रिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए।

गत आर्थिक वर्षको ६ महिनामा भने ५ अर्ब ८३ करोड रुपैयाँको सात थरीका दलहन खाद्यान्न आयात भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल आयात भएको छ।

त्यस्तै सोही अवधिमा १ अर्ब १७ करोड रुपैयाँको सिमी/राज्मा आयात भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १४ करोड रुपैयाँको चना आयात भएको छ।

त्यसैगरी १ अर्ब रुपैयाँको अन्य गेडागुडी आयात भएको छ। २७ करोड रुपैयाँबराबरको रहरको दाल र १६ करोड रुपैयाँको केराउ आयात भएको छ। त्यस्तै ५ करोड १० लाख रुपैयाँ बकुल्ला आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij