२०८३ असोज १ बिहिबार

सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको मूल्य २ लाख ८२ हजार पुग्यो

ई आर्थिक    सोमबार, माघ ५ २०८२
3.5K
Shares
सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको मूल्य २ लाख ८२ हजार पुग्यो

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो। त्यस्तै चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले वृद्धि हुँदै नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ रहेको थियो। यस वृद्धिसँगै सुनको मूल्यले गत पुस ३० गते कायम भएको पुरानो उच्च मूल्यलाई समेत उछिनेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि चाँदीको उच्चतम मूल्य ५ हजार ६५५ रुपैयाँ रहेको थियो। आइतबार भने चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

लगातारको मूल्यवृद्धिले सुनचाँदी बजारमा नयाँ रेकर्ड थपिँदै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij