२०८३ असोज २ शुक्रबार

कांग्रेस विशेष महाधिवेशनमा ४९ प्रतिशत प्रतिनिधिको समर्थन जुट्यो

ई आर्थिक    आइतबार, पौस २७ २०८२
2K
Shares
कांग्रेस विशेष महाधिवेशनमा ४९ प्रतिशत प्रतिनिधिको समर्थन जुट्यो

काठमाडौं। नेपाली कांग्रेसले आह्वान गरेको दोस्रो विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा निरन्तर भइरहेको छ।

महाधिवेशनमा सहभागी नेताहरूले आफ्ना धारणा राखिरहँदा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको छ।

कांग्रेसको विधानले विशेष महाधिवेशन बोलाउन महाधिवेशन प्रतिनिधिमध्ये न्यूनतम ४० प्रतिशतको लिखित समर्थन अनिवार्य गरेको छ।

यही प्रावधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको आयोजक पक्षको दाबी छ।

आयोजक समितिका अनुसार विशेष महाधिवेशन आह्वान गर्दा ५४ प्रतिशत प्रतिनिधिको समर्थन प्राप्त भएको थियो।

पछिल्लो तथ्यांकअनुसार हालसम्म ४९.३४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij