२०८३ साउन ९ शनिबार

काठमाडौँमा उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने, खर्चको सीमा तोकियो

ई आर्थिक    मंगलबार, पौस १५ २०८२
1.5K
Shares
काठमाडौँमा उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने, खर्चको सीमा तोकियो

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्ने अधिकतम खर्चको सीमा निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगले जिल्लाको पहुँच र सुगमता अनुसार खर्च सीमा फरक–फरक तय गरेको छ।

काठमाडौँका निर्वाचन क्षेत्र १, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। १७ निर्वाचन क्षेत्रका उम्मेदवारको अधिकतम खर्च २७ लाख, ६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख र २६ क्षेत्रमा ३३ लाख रुपैयाँ कायम गरिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उम्मेदवारले छुट्टै बैंक खातामा पैसा राखेर मात्र खर्च गर्न सक्नेछन्। त्यहाँबाट भएको खर्चको विवरण जिम्मेवार अधिकारीमार्फत निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ।

प्रतिनिधिसभा सदस्य ऐन अनुसार, उम्मेदवारले तोकिएको सीमा भित्र खर्च गर्नुपर्छ र निर्वाचन परिणाम घोषणा भएपछि ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij