२०८३ असोज ३ शनिबार

नारायणी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको मन्त्री घिसिङद्वारा निरीक्षण

ई आर्थिक    आइतबार, मंसिर २८ २०८२
2.7K
Shares
नारायणी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको मन्त्री घिसिङद्वारा निरीक्षण

चितवन ।  नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिजको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बिहान निरीक्षण गर्नु भएको छ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण कार्यलाई कार्यतालिकामा तय गरिएका माइलस्टोन अनुसार अघि बढाउन र ठेक्का सम्झौता बमोजिमको समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनु भयो। उहाँले उक्त पुललाई नमुना परियोजनाका रूपमा उदाहरणीय ढंगले निर्माण गर्न आग्रह गर्नु भयो।

४२० मिटर लम्बाइ रहेको उक्त सिग्नेचर ब्रिजको लागत रु १ अर्ब ६९ करोड रहेको छ। हाल पुलको मुख्य निर्माण कार्य सुरु हुनु अघिका तयारीका कामहरू भइरहेको जनाइएको छ। मनसुन सुरु हुनु अघि नै पाइल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण कार्य २०८४ साल जेठभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ। उक्त पुलको प्रमुख विशेषताका रूपमा दुई ठूला पाइलोन कङ्क्रिट टावरमार्फत स्टे–केबल प्रणाली प्रयोग गरी पुलको सडकलाई सपोर्ट गरिने व्यवस्था रहेको छ।

यसै अवसरमा मन्त्री घिसिङले नारायणी नदीको तटबन्धसम्बन्धी अवस्थाको समेत जानकारी लिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij