२०८३ साउन १२ मंगलबार

सरकार र जेनजीबीचको सहमति एमालेले नमान्ने, ओली भन्छन्– ‘सरकार नेता फसाउनेमा लागेको छ’

ई आर्थिक    बिहिबार, मंसिर २५ २०८२
3.2K
Shares
सरकार र जेनजीबीचको सहमति एमालेले नमान्ने, ओली भन्छन्– ‘सरकार नेता फसाउनेमा लागेको छ’

ई–आर्थिक, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र सर्त रहेको बताएका छन् । बिहीबार कठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताएका हुन्।

अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रतिनिधिहरूको संस्था प्रतिनिधिसभा विघटनको कुनै अधिकार नरहेको बताउँदै उनले संविधान र लोकतन्त्र रक्षाका लागि पनि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य रहेको बताए ।

सरकार र जेनजीहरुबीच बुधबार भएको १० बुँदे सहमति मान्य नहुने उनको भनाइ थियो । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका कुरा कसैले नसुनेको दाबी गर्दैै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र प्रणालीमाथि कसैसँग सम्झौता नगर्ने उल्लेख गरे ।

अध्यक्ष ओली भन्छन्– ‘सरकार चुनाव गराउने भन्दा पनि नेता फसाउनेमा खेलमा लागेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij