२०८३ साउन ११ सोमबार

काठमाडौंका सडक मर्मत : अघिल्लो दिन पुर्‍यो, भोलिपल्ट उस्तै

ई आर्थिक    सोमबार, साउन ९ २०७४
2.8K
Shares
काठमाडौंका सडक मर्मत : अघिल्लो दिन पुर्‍यो, भोलिपल्ट उस्तै

९ साउन, काठमाडौँ । उपत्यकाका सडकका खाल्डा ग्राभेलमात्र हालेर पुर्दा भोलिपल्ट उस्तै अवस्थामा परिणत हुने गरेका छन्। कतिपय ठाउँमा सवारीसाधन गुड्दागुड्दै पनि ग्राभेल उक्किने गरेको छ।

अहिले कामचलाउका रूपमा खाल्डा पुर्ने र हिउँद लागेपछि त्यसलाई पक्की बनाइने खाल्डा पुर्ने र हिउँद लागेपछि त्यसलाई पक्की बनाइने खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीले बताए। उनीहरूका अनुसार निरन्तर पानी परिरहेकाले पक्की सडक बनाउन अप्ठ्यारो परेको छ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले पानी नपरेको मौका छोपेर काम गर्नुपरेका कारण सोचेजस्तो प्रगति नभएको बताए। उनले भने, ‘धेरै ठाउँमा धमाधम काम भइरहेको छ, तर मुख्य समस्या पानी पर्नु र निर्माण सामग्री पाउन मुस्किल हुनु हो।’ उनले यस विषयमा आइतबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा स्थानीय तहलाई समन्वय गरी काम गर्न निर्देशन दिएको बताए। ‘पुर्ने नाममा हिलोमात्रै पनि हाल्न भएन’, उनले भने, ‘अहिलेको समयलाई टार्न पाए हिउँद लाग्नासाथ कालोपत्रेको काम हुन्छ।’

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले पनि अहिल सडकका खाल्डा टाल्नु चुनौतीपूर्ण भएको बताए। ‘बर्खामा गरेको पिच टिकाउ हुँदैन। पैसामात्रै खर्च भयो, कालोपत्रे टिकेन भन्ने टिप्पणी आउँछन्।’, उनले भने, ‘त्यसैले अहिले मुख्य खाल्डा ग्राभेलले पुर्ने निर्णय भएको छ। उनले अन्य दिनको तुलनामा शनिबार राति धेरै ठाउँमा काम भएको बताए। ‘आइतबार हामीले डाकेको छलफलमा शनिबार रातिको काम सन्तोषजनक पायौं’, उनले भने। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij