काठमाडौँ । मधेश प्रदेशका नव–नियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभयो।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, संवैधानिक निकायका प्रमुखहरू, उच्च पदस्थ सरकारी अधिकारीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले सोही सिफारिस अनुमोदन गर्दै कर्णलाई नियुक्त गर्नुभएको हो।