२०८३ असोज ३ शनिबार

हर्क साम्पाङको श्रम संस्कृति पार्टीको अधिकांश पदाधिकारी जनजाती, आज दल दर्ताको प्रमाण पाउँदै

ई आर्थिक    आइतबार, कार्तिक १६ २०८२
2.8K
Shares
हर्क साम्पाङको श्रम संस्कृति पार्टीको अधिकांश पदाधिकारी जनजाती, आज दल दर्ताको प्रमाण पाउँदै

ई–आर्थिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अधिकांश पदाधिकारी जनजाती मात्रै रहेका छन । उक्त पार्टीले आजै आधिकारिकता पाउँदैछ ।

यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको पाठीै स्रोतले जानकारी दिएको छ ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन उपस्थित हुने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij