काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने अवसरको रूपमा लिँदै सबै राजनीतिक दल, समुदाय र नागरिकलाई सहकार्य गर्न आग्रह गरेकी छन्।
नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले भयरहित वातावरण बनाउन प्रतिवद्ध रहेको बताइन्।
उनले निर्वाचनलाई सुशासन, आर्थिक समृद्धि र नागरिक अधिकार संरक्षणको मुख्य आधार मानेकी थिइन्। साथै, राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान सम्झिँदै सामाजिक एकता र राष्ट्रिय हितलाई प्राथमिकता दिन सबैलाई प्रेरणा लिन आह्वान गरिन्।