२०८३ साउन ९ शनिबार

पदपूर्तिसम्बन्धी नयाँ मापदण्ड अपनाउन संगठित संस्थालाई लोकसेवा आयोगको निर्देशन

ई आर्थिक    मंगलबार, साउन ३ २०७४
3.7K
Shares
पदपूर्तिसम्बन्धी नयाँ मापदण्ड अपनाउन संगठित संस्थालाई लोकसेवा आयोगको निर्देशन

३ साउन, काठमाडौँ । लोकसेवा आयोगले संगठित संस्था (सार्वजनिक संस्था र सुरक्षा निकाय) लाई आफ्ना विनियमावलीमा पदपूर्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ ।

आयोगले ती संस्थाको नयाँ जनशक्ति परिपूर्ति गर्नका लागि आयोगले तोकेको मापदण्डमा विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले ती संस्थाको विनियमावलीमा रहेका पदपूर्तिका लागि बनेका व्यवस्था भएकाले त्यसलाई परिमार्जन गर्नका लागि नयाँ मापदण्ड ल्याइएको बताउनुभयो ।

आयोगले दुई महिनाभित्र पदपूर्तिसम्बन्धी बनेका पुराना मापदण्डलाई परिमार्जन गरी आयोगले बनाएका नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको हो । “ती संस्थामा रहेका पदपूर्तिसम्बन्धी पुराना व्यवस्थाले नयाँ जनशक्ति पूर्ति गर्न सकिँदैन” उहाँले भन्नुभयो, “त्यसैले ती व्यवस्थालाई परिमार्जन गरी आयोगले बनाएको मापदण्डका आधारमा अब नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्दछ ।”

आयोगले तोकेको मापदण्डका आधारमा मात्र अब संगठित संस्थाले नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्ने हुन्छ । आयोगले ती संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने छ । अन्तर्वार्ता भने आयोगको उपस्थितिमा सम्बन्धित संस्थाले गर्ने व्यवस्था गरिएको छ ।

आयोगले सीमित प्रतियोगिता गर्न नपाइने, करारबाट सीधै स्थायी गर्न नपाइने, नयाँ जनशक्ति पदपूर्तिका लागि प्रक्रियामार्फत गर्नुपर्नेजस्ता नयाँ मापदण्ड तोकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij