२०८३ असोज ३ शनिबार

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
4.3K
Shares
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

ई-आर्थिक, जनकपुरधाम ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। बैठक खासगरी मुख्यमन्त्रीले विश्वासको मत लिने उद्देश्यले बोलाइएको थियो। तर सिंहले विश्वासको मत माग्नुको सट्टा राजीनामाको घोषणा गरेका थिए ।

मुख्यमन्त्री सिंह नेतृत्वको सरकार गठन भएको केही महिनामै राजनीतिक समीकरणमा परिवर्तन आएपछि नयाँ बहुमत जुटाउन सकस भइरहेको थियो। यसबीच उनले पदबाट बाहिरिने निर्णय लिएका हुन्।

अब नयाँ सरकार गठनका लागि प्रदेशसभामा दलहरूबीच कसरत सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij