२०८३ साउन ९ शनिबार

भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

ई आर्थिक    सोमबार, साउन २ २०७४
4.6K
Shares
भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

२ साउन, मुजफ्फरबाद (पाकिस्तान)। पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको आरोप लगाएको छ ।

पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पु¥याएको बताएको छ ।

पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा सो हत्या भएको बताइएको छ । पाकिस्तानी सेनाले भारतको तर्फबाट सो आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ ।

पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ । उक्त घटनाको पाकिस्तानी प्रधानमन्त्र नवाज शरिफले निन्दा गर्नुभएको छ ।

साथै उहाँले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद पनि ज्ञापन गर्नुभएको छ । यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij