काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी ब्राण्डको रुपमा स्थापित शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड अभियान ‘नो कम्प्रमाइज’ अन्तर्गत तेस्रो सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।
नवीनतम भिडियोमा ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश प्रस्तुत गरिएको छ, जसमा दुई साथीहरूको यात्राको प्रसंगमार्फत समयप्रतिको जिम्मेवारी र सचेतनाको महत्व दर्शाइएको छ। एक जना पात्र समयमै एयरपोर्ट पुग्छन् भने अर्काे पात्र ढिलो हुने अनुमानमा ढुक्क भएर बस्दा जहाज छुट्ने जोखिममा पर्छ। यस दृश्यमार्फत शिवम् सिमेन्टले जीवनमा एक-एक सेकेन्डको मूल्य दर्शाउने प्रयास गरेको छ।
यसअघि यसै अभियान अन्तर्गत सार्वजनिक गरिएको पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिइएको थियो, जसले नागरिक कर्तव्य र उत्तरदायित्वप्रतिको चेतनामा जोड दिएको थियो।
त्यस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको व्यवहारमा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिइएको थियो, जसले विश्वास र पारदर्शिताका विषयमा चेतना फैलाउने प्रयास गरेको थियो।
यी सबै भिडियो सामग्रीलाई दर्शकहरूले अत्यधिक रुचाएका छन्, जसले शिवम् सिमेन्टको सामाजिक उत्तरदायित्वप्रति दृढ प्रतिबद्धता झल्काउँछ।
गुणस्तरमै केन्द्रित शिवम् सिमेन्टको अभियान
शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान केवल व्यावसायिक विज्ञापन मात्र नभई सामाजिक सन्देश प्रवाह गर्ने माध्यमको रूपमा स्थापित हुँदै आएको छ। “‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा लागु गर्न गाह्रो छ, तर जसले गर्छ, उसको शिर सधैं ठाडो हुन्छ,” भन्ने मूल सन्देशमार्फत कम्पनीले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ।
शिवम् सिमेन्ट नेपालको पहिलो पूर्णतः ओ.पी.सी. (Ordinary Portland Cement) उत्पादन तथा बिक्री गर्ने कम्पनी हो। स्थापना कालदेखि नै कम्पनीले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ।
“गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, र “कर्तव्यको मामलामा नो कम्प्रमाइज” जस्ता नाराहरूले शिवम् सिमेन्टको ब्राण्ड दर्शनलाई स्पष्ट पार्छन्।
शिवम् सिमेन्टले आफ्नो उत्कृष्ट उत्पादन र सामाजिक उत्तरदायित्वका लागि राष्ट्रियस्तरको गुणस्तर पुरस्कार समेत प्राप्त गरिसकेको छ। यसले कम्पनीको अग्रणी स्थानलाई अझ बलियो बनाएको छ।