२०८३ असोज ४ आइतबार

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित

ई आर्थिक    आइतबार, भाद्र २२ २०८२
4.4K
Shares
निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित

कञ्चनपुर : निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको १५औं अधिवेशनबाट पुष्पराज अवस्थी अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार महेन्द्रनगरमा सम्पन्न अधिवेशनले अवस्थीलाई नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो।

निर्वाचन अधिकृत पदमराज भट्टका अनुसार अवस्थीले १४९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी तथा तत्कालीन अध्यक्ष निरञ्जनप्रसाद भट्टलाई १७ मतान्तरले पराजित गरे। भट्टले १३२ मत प्राप्त गरेका थिए।

अन्य निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

  • वरिष्ठ उपाध्यक्ष: देवबहादुर चन्द

  • उपाध्यक्ष: यज्ञराज बैज

  • महासचिव: देवीदत्त भट्ट

  • सह–कोषाध्यक्ष: हेम महरा

यसअघि सचिवमा वृजकिशोर चन्दकोषाध्यक्षमा तेजबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका थिए।

संघको सदस्य पदतर्फ निम्न सात जना विजयी भएका छन्:

  • गणेश सुवेदी

  • चन्द्रसिंह कार्की

  • दीपक कार्की

  • नवीन चन्द

  • मनिराज रेग्मी

  • महेश जोशी

  • सन्तोष खत्री

निर्वाचन अधिकृत भट्टका अनुसार सङ्घमा २९२ मतदाता मध्ये २८१ जनाले मतदान गरेका थिए।

नव निर्वाचित अध्यक्ष अवस्थीले आफ्नो कार्यकालमा निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, तथा पारदर्शी र प्रभावकारी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij