२०८३ असोज ४ आइतबार

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, प्रतितोला २ लाख १० हजार नाघ्यो

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
3.8K
Shares
सुनको मूल्यमा ऐतिहासिक वृद्धि, प्रतितोला २ लाख १० हजार नाघ्यो

ई-आर्थिक, काठमाडौं।  नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले वृद्धि भई २ लाख १० हजार ४०० रुपैयाँ पुगेको हो। यो नेपाली सुन बजारको अहिलेसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार) सुनको मूल्य २ लाख ७ हजार ९०० रुपैयाँ थियो। पछिल्लो समय सुनको मूल्य निरन्तर रूपमा वृद्धि भइरहेको छ।

सुनसँगै चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

किन बढिरहेको छ सुनको मूल्य?

सुनको मूल्यमा भएको यो तीव्र वृद्धिको पछाडि अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, अमेरिकी डलरको दरमा आएको उतारचढाव, ब्याजदरसम्बन्धी अनिश्चितता र मध्यपूर्व तथा युक्रेन–रुस युद्धजस्ता भू-राजनीतिक तनावहरू मुख्य कारण मानिन्छन्।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले निकट भविष्यमा ब्याजदर नघटाउने संकेत दिएपछि लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पको रूपमा सुनतर्फ आकर्षित भएका छन्। साथै, चीन र भारतजस्ता मुलुकहरूमा चाडपर्वको सिजन सुरु भएकाले पनि माग उच्च देखिएको छ, जसले मूल्यमा थप दबाव सिर्जना गरेको हो।

नेपालमा भने अन्तर्राष्ट्रिय बजारसँगै अमेरिकी डलरको विनिमय दर, सरकारी नीति तथा भन्सार शुल्कको असरले सुनको मूल्य निर्धारण हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij