२०८३ साउन ९ शनिबार

कोरियाको आईसीटी निर्यातमा लगातार वृद्धि, २२ अर्ब तीन करोड अमेरिकी डलर कारोबार

ई आर्थिक    सोमबार, असार ३० २०८२
4.5K
Shares
कोरियाको आईसीटी निर्यातमा लगातार वृद्धि, २२ अर्ब तीन करोड अमेरिकी डलर कारोबार

सिओल । सेमिकन्डक्टरको माग बढ्दै गएकाले दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार, जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामानको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर २२ अर्ब तीन करोड अमेरिकी डलर बराबर पुगेको छ ।

फागुन महिनादेखि निर्यात वृद्धिको क्रम जारी छ । विशेष गरी जनरेटिभ कृत्रिम बौद्धिकता (कृबौ) प्रयोग हुने डबल डाटा दर ५ (डीडीआर५) चिपहरूको माग उच्च रहँदा चिप निर्यात ११.५ प्रतिशतले बढेर १४ अर्ब ९८ करोड डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम हो ।

कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरणको निर्यात पनि १२.७ प्रतिशतले बढेर एक अर्ब ४५ करोड डलर पुगेको छ । तर, सञ्चार उपकरणको निर्यात भने ०.७ प्रतिशतले घटेर २० करोड डलरमा सीमित भयो ।

त्यस्तै, मोबाइल फोनको निर्यात ६.२ प्रतिशतले घटेर ७९ करोड डलरमा पुगेको छ ।

जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सामग्रीको आयात भने १४ प्रतिशतले बढेर १२ अर्ब ४१ करोड डलर पुगेको छ ।

यसले गर्दा सो क्षेत्रमा व्यापार नाफा नौ अर्ब ६२ करोड डलर कायम भएको मन्त्रालयले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij