२०८३ असोज ५ सोमबार

सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ अभियान सुरू

ई आर्थिक    सोमबार, चैत्र ४ २०८१
7.9K
Shares
सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ अभियान सुरू

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ अभियान सुरू नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउन सकिन्छ  जसमा बम्पर आईफोन १६ प्राप्त गर्न सक्नेछन्।

यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ स्मार्ट  मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ  । मोबाइल टपअप र फोनपे डिरेक्ट  कारोबारलाई प्रर्वद्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को  फोनपे डिरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।

यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु १०० को मोबाइल टपअप जित्न सक्नुहुनेछ । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ ष्एजयलभ ज्ञट जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ।

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गर्दछ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij