२०८३ असोज ३ शनिबार

एनआईसी एसिया बैंकको २७औँ वार्षिक साधारणसभा सम्पन्न, ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने

ई आर्थिक    बिहिबार, फाल्गुन २२ २०८१
3.3K
Shares
एनआईसी एसिया बैंकको २७औँ वार्षिक साधारणसभा सम्पन्न, ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने

ई-आर्थिक, काठमाडौं ।  एनआईसी एसिया बैंकले आफ्नो २७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बिहिबार  काठमाडौंको भद्रकाली आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन्।

साधारणसभाले बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब खाता, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पास गरेको छ।

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली पनि समयानुकूल संशोधन थप गर्ने प्रस्तावसहित पारित भएको छ।

यस्तै बैंकले आफ्नो पुँजीकोषमा रहेको दबाब कम गर्न ५ अर्ब रुपैयाँ बराबरको एनआईसी एसिया अविमोच्य अञ्चित अग्राधिकार जारी गर्ने प्रस्ताव पनि पारित गरेको बैंकल जनाएको छ । साथै   बैंकले ८.५ प्रतिशत लाभांश दर राखेर १ रुपैयाँका दरले ५ करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्ष करिब ७० करोड रुपैयाँ खुद नाफा गरेपनि बैंकको २ खर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको छ। वितरणयोग्य घाटा रहेकाले बैंकले यस वर्ष आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij